२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


सीमांकन विवादका कारण नवलपरासीको नवलपुर क्षेत्रमा बन्द आह्वान


0
Shares

नवलपरासी, मंसिर ५ । नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नं. ४ मै राख्नुपर्ने माग राख्दै विरोध थालिएको छ । सत्तारुढ नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले आज नवलपुर क्षेत्र बन्दको आह्वान नै गरेका छन् ।

संविधानमा नवलपरासीको बर्दघाटदेखि पूर्वको नवलपुरक्षेत्र, प्रदेश चार तथा पश्चिमको परासीक्षेत्र, प्रदेश पाँचमा राखिए पनि त्यसलाई फेरि बदल्न लागिएको भन्दै विरोधमा बन्द आह्वान गरिएको तरुण दल र नेविसंघले जनाएको छ ।

नवलपरासी जिल्ला भौगोलिक रुपमा परासी क्षेत्र र नवलपुर क्षेत्रमा विभाजित रहेकाले अहिले विभाजन गरिएको ४ र ५ नम्बर नै ठीक रहेको भन्दै त्यसलाई फेरबदल नगर्न उनीहरुले माग गरेका हुन् । बन्दका कारण यातायातदेखि सबै क्षेत्र ठप्प रहेको छ ।