
काठमाडौं, मंसिर ५ । नयाँ श्रम कानूनको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दफावार छलफल थालेको छ ।
आइतबार बसेको समितिको बैठकमा यसबारे दफावार छलफल शुरु भएको हो । प्रस्तावित श्रम काननुनमा कामदारको बिमा अनिवार्य गर्नुपर्ने, संचय कोषको व्यवस्था गरिनुपर्ने, सम्झौतापत्र बिना काममा लगाउन नपाइने व्यवस्था गरिएको छ ।
त्यस्तै हप्तामा ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने, अधिकतम चार घण्टाभन्दा बढी ओभरटाइममा लगाउन नपाइने र साप्ताहिक बिदाबाहेक २० दिन काम गरेपछि अनिवार्य रुपमा एक दिन बिदा दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यसैगरी विदेशी नागरिकलाई काममा लगाउँदा श्रम स्वीकृत अनिवार्य रुपमा लिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
छलफलमा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले जतिसक्दो चाँडो कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्