काठमाडौं, मंसिर ५ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा राजनेता नभएकै कारण विस्तृत शान्ती सम्झौता भएको १० बर्ष बतिसक्दा समेत शान्ती प्रक्रिया अझै टूंगोमा पूग्न नसकेको बताएका छन् ।
नेपाली काँग्रेस रोल्पाले लिवांगमा गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै डा. कोईरालाले शसस्त्र बिद्रोहका समयमा ज्यान गूमाएका,बेपत्ता पारिएका र घाईते भएका काँग्रेस कार्यकर्ताहरूप्रती सिंगो पार्टी नै मौन रहेकोमा आफू अत्यन्तै दूःखी भएको समेत बताए।
उनले माओबादीले बिद्रोह सुरू गर्नू अगाडी गरेका पूर्ब अभ्यासमा मारिएका काँग्रेस कार्यकर्ताका परिवारले क्षतीपूर्ती र राहत पाउँनूपर्ने अडान राख्दै यस बिषयमा आफूले सरकारलाई दबाब दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य आनन्दप्रसाद ढूंगाना, पूर्व केन्द्रिय सदस्य केशव सिंह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली लगायतले आफ्नो धारणा राखेका थिए ।
डा.कोईरालाले १२ बूँदे सम्झौता, बिस्तृत शान्ती सम्झौता र नेपालको शान्ती प्रक्रियामा महत्वपूर्ण भूमिका निर्बाह समेत गरेका नेता मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्