
काठमाडौं, मंसिर ५ । रेडबुल फुटसल लिग २०७३ मा आठौं चरणका खेलहरु सकिएका छन् । आठौं चरणको अन्तिम दिन किक अफ फुटसल र ताहाचल फुटसल विजयी भए ।
समुह बी को खेलमा सितापाईलाको किक अफ फुटसलले दुगेअड्डाको आदर्श फुटसललाई ११÷२ ले हरायो । किक अफका लागि राज पौडेलले ४ गोल गरे ।
यसैगरी उसन केसी र बिजय श्रेष्ठले दुई दुई गोल गर्दा कप्तान राजेश कुँवर, कृष्ण लामा र रजिन पाण्डेले १÷१ गोल थपे । पराजित टोली आदर्शका समिर कार्कीले दुई गोल फर्काए ।
आजै भएको दोस्रो खेलमा ताहाचल फुटसलले बि जी ब्रदर्शलाई ३÷२ ले हरायो । बि जी ब्रदर्शको फिल्ड पेप्सीकोलामा भएको खेलमा ताहाचललाई विजयी गराउन सुजित बुढाथोकीले दुई गोल गरे भने सुनिल बस्नेतले एक गोल थपे ।
घरेलु टोलीका रवि तामाङ र आकाश लामाले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । रेडबुल फुटसल लिग २०७३ मा सोमबारबाट नवौं चरणका खेलहरु सुरु हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्