Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पूँजी बजारमा पहिरोः नेप्से ५८ अंकले झरेर १५ सय ९९ मा आइपुग्यो


0
Shares

काठमाडौं, मंसिर ५ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट आयो । बजार परिसूचक नेप्से ५८ अंकले ओरालो लागेर १५ सय ९९ मा आइपुग्यो ।

कारोबार शुरु भएदेखि वियरिष ट्रेण्डमा रहेर ८० अंक जसोले झरेर १५ सय ७८ मा आइसकेको नेप्सेमा अन्तिम समय तिर सामान्य सुधार आएको हो । कारोबार भने यस दिन पनि सवा अर्ब पुग्यो ।

बीमा समूहमा ४ सय अंकको उच्च गिरावट आयो । जलविद्युत समूहमा पनि ८६ अंकको कमी आयो । वाणिज्य बैंक समूह ५८ अंकले झर्यो ।

विकास बैंक समूहमा ५३ अंक, होटल समूहमा ३५ अंक अनि वित्त समूहमा पनि ३० अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको १५ लाख ३२ हजार कित्ता शेयर १ अर्ब २५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।