२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


डिएगो कोष्टाको शानदार गोलले चेल्सी शिर्ष स्थानमा उक्लियो


0
Shares

काठमाडौं, मंसिर ६ । मिडिल्सब्रोलाई हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राती मिडिल्सब्रोको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी १-० ले विजयी भयो ।

खेलमा चेल्सीलाई विजयी गराउन ४१ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो । यो जितपछि चेल्सीले अंक तालिकामा शिर्ष स्थानको लिरभपुललाई उछिनेको छ ।

१२ खेलबाट उसको २८ अंक भएको छ । समान खेलबाट २७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

समान २७ अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर सिटी तेस्रो स्थानमा धकेलिएको छ ।

चौथो स्थानको आर्सनलको २५ अंक छ भने २४ अंकको साथ टोटनह्याम हट्सपर पाँचौ स्थानमा छ ।