
सिन्धुली । सिन्धुलीमा विद्यालय भवनको अभावले गर्दा एसईई परीक्षा जस्ताको अस्थायी टहरामै संचालन भइरहेको छ ।
विगतमा भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुँदा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको कौशिका माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसईई परीक्षा जस्ताको अस्थायी टहरामै संचालन भएकाले परीक्षार्थीहरुलाई समस्या भएको छ ।
हरेक वर्ष एसईईको परीक्षा केन्द्र तोकिने गरेको यस विद्यालयको भवन समयमा निर्माण गर्न नसक्दा परीक्षा केन्द्रमा सोल्पा, डुडभन्ज्याङ, सुलीभन्ज्याङ, बेसडाडी र घाेिक्सला गरेर ५ वटा विद्यालयका १ सय ६३ परीक्षार्थीहरुले कष्टकर रुपमा परीक्षा दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्