काठमाडौं, मंसिर ६ । तराई मधेस संवाद अभियानमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी जलेश्वर नजिकै दुर्घटना भएको छ ।
सर्लाहीबाट महोत्तरीको सदरमुकाम जलेश्वर जाने क्रममा बरिष्ठ नेता पौडेल सवार गाडि जलेश्वर नजिक सामान्य दुर्घटना भएको उनका सहयोगी चिरञ्जीवि अधिकारीले फेसबुकमार्फत जनाएका छन् ।
गाडिमा सवार सवै जना सकुशल रहेका छन् । गाडिमा कुनै क्षति भएको छैन । पौडेलको साथमा महोत्तरीका नेपाली कांग्रेसका सभापति पनि सवार थिए ।









प्रतिक्रिया दिनुहोस्