वीरगन्ज, मंसिर ६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले भ्रम फैलाएर आफूहरुसँगको सहमति तुहाउन चाहेको आरोप लगाएका छन् ।
सोमबार वीरगन्जमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले विगतका आन्दोलनले उठाएका मुलभूत मुद्दाहरुलाई सम्बोधन नगरी संविधान संशोधनको प्रस्ताव ल्याएकाले आफूहरुलाई मान्य नहुने प्रस्ट पारे ।
उनले आफूहरु वार्ताका माध्यमले समाधान खोज्न तत्पर रहेकाले सरकारलाई १५ दिनको अल्टिमेटम दिएको र निकास ननिस्किए आन्दोलनको तयारीमा लाग्ने लगाए ।
मुलभूत राजनीतिक मागलाई सम्बोधन नगरी संविधान संशोधनको अर्थ नहुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्