फाइल फोटो
नेपालगन्ज, मंसिर ६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् ।
प्रेस चौतारी, बाँकेशाखाद्वारा सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखन्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन ।’
एक प्रश्नको जवाफमा नेता नेपालले ‘संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको छ, कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै सक्दैन’–भने ।
उनले भने–‘सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन हो, संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्छ ।’
‘मुलुकले अहिले शान्ति खोजेको छ, राजनीतिक स्थिरता खोजेको छ, आर्थिक समृद्धि र विकास खोजेको छ । तसर्थ यी एजेन्डामा सबै राजनीतिक दल सहमतिमा आउनुपर्ने’ उनले उल्लेख गरे । रासस









प्रतिक्रिया दिनुहोस्