Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


किमाथांकादेखि विराटनगर जोड्ने कोसी राजमार्ग निर्माणमा तीव्रता दिनुपर्छ : राष्ट्रपति


0
Shares

इन्द्र गिरी (इमेज)
संखुवासभा, मंसिर ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको नाका किमाथांकादेखि विराटनगर जोड्ने कोसी राजमार्ग निर्माणमा तीव्रता दिनुपर्ने बताएकी छन् ।

संखुवासभाको चिचिलामा सोमबार आयोजित मकालु हिरक महोत्सवको उद्घाटन गर्दै उनले किमाथांका नाकासम्म सडक विस्तार भए मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताइन् ।

राष्ट्रपति भण्डारीले देशको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै ‘संखुवासभा जिल्ला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निकै सम्भावना रहेको क्षेत्र हो’–भनिन् ।

सो अवसरमा पर्यटनमन्त्री जीवनबहादुर शाहीले नेपालका धेरै पर्यटकीयस्थल निषेधित क्षेत्र रहेकाले पर्यटन विकास हुन नसकेको तर्क गर्दै पर्यटनबाट प्राप्त राजश्व सम्बन्धित जिल्लाको विकासमा खर्च गर्ने नियम बनाउने बताए ।