
काठमाडौं, मंसिर ६ । सोल्टी होटलले आफ्नो स्थापनाको स्वर्णजयन्तीको अवसर पारेर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘सोल्टी गोल्डेन जुब्ली गल्फ’ नाम दिइएको यो प्रतियोगिता यही शनिबार गोकर्ण फरेस्ट गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा १ सय १० जना एमेच्योर गल्फ खेलाडीहरुको सहभागिता रहनेछ ।
स्टेबल फोर्ड तीन बाई चार ढाँचामा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ २४ ह्यान्डीक्याप तथा महिलातर्फ ३६ ह्यान्डीक्याप दिइएको छ ।
प्रतियोगितामा पुरुष, महिला, सिनियर तथा जुनियर विधामा प्रतिस्पर्धा हुनेछ ।
सोल्टी होटलले हरेक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितालाई स्वर्णजयन्तीको अवसरमा यस वर्ष अझै ठूलो आकार दिएर आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्