
काठमाडौं, मंसिर ६ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएको समूह ‘ए’को खेलमा रजनी फुटसलले चौर रिक्रियस्नल सेन्टरलाई ७–२ ले पराजित गरेको छ ।
रजनी फुटसलको ‘फिल्ड’ भैंसेपाटीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन रोशन केसीले ह्याट्रिक गरे ।
जितसँगै अंकतालिकामा रजनीको ९ खेलबाट १२ अंक भएको छ । जारी प्रतियोगितामा घरेलु फिल्डमा रजनीको यो पहिलो जित हो ।
प्रतिक्रिया दिनुहोस्