काठमाडौं । साविक विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
गएराती भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो । यो खेलम पनि नेपालका सन्दिप लामिछाने दिल्लीको प्लेईङ सेटमा पर्न सकेनन् ।
दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नाईका लागि शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । दिल्लीका अमित मिश्राले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । उसका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
जितसंगै चेन्नई २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित टोली दिल्लीको भने २ अंक मात्रै छ ।








प्रतिक्रिया दिनुहोस्