फाइल फोटो
काठमाडौं, मंसिर ६ । व्यवस्थापिका–संसदको अर्थसमितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया)को मस्यौदा पारित गरेको छ ।
समितिको सोमबार बसेको बैठकले विवादित विषयलाई टुंग्याएर अनुमोदन गरेको हो ।
अघिल्लोपटक समितिबाट राष्ट्र बैंकले सिफारिस गरेभन्दा फरक ढंगले मस्यौदा पारित भएसँगै छलफलका लागि फेरि समितिमा पठाइएको थियो ।
यसपटक भने राष्ट्र बैंकको सुझावअनुसारै विधेयक पारित भएको बताइएको छ ।
विधेयकअनुसार अब सन्चालनमा आएको १० वर्ष पुगेका बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरलाई राष्ट्र बैंकको स्वीकृतिमा साधारण शेयरमा परिवर्तन गर्न सकिने भएको छ ।
विधेयकको मस्यौदामा अध्यक्ष र प्रबन्ध सन्चालक एउटै संस्थामा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि गरिएको छ ।
यस्तै, सन्चालक हुन कम्तिमा स्नातक पास वा सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने प्रावधान विधेयकमा गरिएको छ ।
यस्तै, एउटै व्यक्ति बैंक र बिमाको सन्चालक हुन नपाउने र संवैधानिक पदमा बसेको व्यक्तिलाई पनि बैक तथा वित्तीय संस्थाको सन्चालक बन्न नमिल्ने व्यवस्था विधेयकको मस्यौदामा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्