Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


हिरो मोकर्पको तीन नयाँ मोटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य


0
Shares

काठमाडौं, मंसिर ६ । हिरो मोटोकर्पले नेपाली बजारमा हिरोका तीनओटा नयाँ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी स्प्लेन्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेन्डर १२५ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका मोटरसाइकलहरु नयाँ पुस्तालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ ।

तीनओटै बाइकमा समावेश गरिएको आइ ३ एस प्रविधिले इन्धन खपत कम गर्नुको साथै सहरी सडकहरुका लागि एकदमै उपयोगी रहेको हिरो मोटोकर्पका एसिया क्षेत्रका प्रमुख प्रविरकुमार शाहले दाबी गरे ।

सार्वजनिक गरिएका मोटरसाइकलको मूल्य १ लाख ६६ हजारदेखि २ लाख ३ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।