काठमाडौं, मंसिर ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नै गर्न नदिने अडान लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठकमा एमाले नेताहरुले कार्यान्वनयन नगरी संविधान संशोधन गर्दै जाँदा मुलुकमा झन् अस्थिरता आउने भन्दै संशोधन प्रस्तावको प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।
निकै चर्काचर्की भएको सो बैठकमा प्रधानमन्त्री दाहालले एमाले नेताहरुलाई दम्भ नदेखाउन भन्दै आफूहरु संशोधन अघि बढाउने पक्षमा रहेको सन्देश दिएको बुझिएको छ ।
सत्ताधारी दलका नेताहरुले भने एमालेकै सहमतिमा संशोधन प्रस्ताव दर्ता दर्ता गर्न लागेको तर अहिले आएर एमालेले अडान फेरेको आरोप लगाएका छन् ।
सत्ताधारी दलहरुले आगामी बुधबार मधेसी दलहरुसँगको वार्तापछि संविधान संशोधन प्रस्ताव अघि बढाउने बताएका छन् ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्