
काठमाडौं, मंसिर ७ । अमेरिकी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक यर्गेन क्लिन्सम्यान बर्खास्त गरिएका छन् ।
अमेरिकी फुटबल महासंघले सोमबार एक विज्ञप्ति जारी गरी जर्मन प्रशिक्षक क्लिन्सम्यानलाई बर्खास्त गरेको जानकारी गराएको हो ।
अमेरिकी फुटबल टोलीले पछिल्लो समय खराब प्रदर्शन गरेपछि महासंघले प्रशिक्षक क्लिन्सम्यानलाई निशानामा पारेको हो ।
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि सुरु भएको छनोट प्रतियोगितामा अमेरिकाले लगातार दुई खेल गुमाएको थियो ।
मेक्सिकोसँग आफ्नै राष्ट्रमा २÷१ ले पराजित अमेरिका दोस्रो खेलमा कोष्टा रिकासँग उसैको मैदानमा ४–० ले हारेको थियो ।
६ राष्ट्र सहभागि विश्वकप छनोट समुहमा अमेरिका अंकविहीन बन्दै तालिकाको पुछारमा छ ।
जर्मनीको खेलाडीको रुपमा सन् १९९० मा विश्वकप जितेका क्लिन्सम्यानले सन् २०११ देखि अमेरिकी टोलीको प्रशिक्षण गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्