
रेनु श्रेष्ठ (इमेज)
गोरखा, चैत १२ । गोरखाको पाँचकिलोमा यात्रीवाहक बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
मंगलबार साँझ तनहुँको आबुखैरेनीबाट गोरखाको शेरातर्फ आउँदै गरेको ना७ख २०७० नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना५ख ५८११ नम्बरको ट्रक गोरखा नगरपालिका–१३, पाँचकिलोमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएकामध्ये बसमा सवार ४० वर्षीया सुमित्रा नगरकोटी र ४४ वर्षीय भोजराज नरालको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उनीहरु दुवैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख दयाराम पौडेलले जानकारी दिए ।
अरु घाइतेहरुको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्