१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


ट्रम्पसँग ह्वाइट हाउसमा बस्ने छैनन् उनकी पत्नी र छोरा


0
Shares

वासिंटन, मंसिर ७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्ने दिन नजिकिदैं गर्दा उनको परिवार अलग हुने दिन पनि सोही गतिमा नजिक आइरहेको छ ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा प्रारम्भका केही महिना पारिवारिक रुपमा एक्लै बिताउनु पर्ने छ । अर्थात् उनलाई साथ दिन ह्वाइट हाउसमा उनकी पत्नी मेलानिया र छोरा बारोन हुने छैनन् ।

मेलानिया र छोरा बारोन न्यूयोर्कस्थित आफ्नै नीजि निवासमा बस्ने भएका छन् । छोराको पढाइका कारण मेलानियाले न्यूयोर्क मै बस्ने योजना बनाएकी हुन् ।

१० वर्षीय छोरा बारोनको चालू शैक्षिक सत्र नसकिएसम्म विद्यालय स्थानान्तरण गर्न कठिन हुने भएकाले मेलानियाले केही महिना पति ट्रम्पलाई ह्वाइट हाउसमा साथ दिन नसक्ने जनाइएको छ । यद्यपी प्रथम महिलाको भूमिका भने उनले निर्वाह गरिरहने अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

ट्रम्पले आगामी जनवरी २० देखि पदभार ग्रहण गर्नेछन् । पदभार ग्रहण लगायतका औपचारिक कार्यक्रममा मेलानिया पनि ह्वाइट हाउसमै रहने भए पनि छोराको पढाइका कारण उनी लगत्तै न्यूयोर्क फर्कने छिन् । चालू शैक्षिकसत्र सकिएपछि भने छोराको पढाइ वासिंटन मै अघि बढाउने उनीहरुको योजना छ । त्यसपछि मात्र ट्रम्प परिवार ह्वाइट हाउसमा एकसाथ रहने भएको छ । (एजेन्सी)