Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सिप्रदिका २४ ओटा सर्भिस सेन्टरमा निःशुल्क सेवा र छुट सुविधाहरु सन्चालन


0
Shares

काठमाडौं, मंसिर ७ । सिप्रदि ट्रेडिङ प्रालिले मुलुकभरका आफ्ना २४ ओटा सर्भिस सेन्टरहरुमा निःशुल्क सेवा तथा अरु छुट सुविधाहरु सन्चालन गरेको छ ।

सिप्रदिले टाटा मोटर्सको ‘ग्लोबल सर्भिस क्याम्प’को अवसर पारेर नेपालभरका आफ्ना सर्भिस सेन्टरहरुमा ग्राहकहरुका लागि निःशुल्क र छुट योजना सन्चालन गरेको हो ।

सिप्रदिले मंसिर ६ देखि ८ गतेसम्म सन्चालन हुने उक्त ‘क्याम्प’मा सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि निःशुल्क सर्भिसको साथमा अरु विविध सुविधाहरु प्राप्त गर्ने जनाएको छ ।

त्यस अवसरमा फ्यूल इन्जेक्सन पम्प, ब्याट्री, टायर, तथा अन्य एन्सिलरी सप्लायर्सहरुले पनि आफ्नो स्टल राखेर ग्राहकहरुलाई प्रत्यक्ष सेवा प्रदान गर्ने जनाइएको छ ।

तीन दिनमा ३००० भन्दा बढी गाडीको सर्भिस गरी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्य कम्पनीको रहेको छ ।

उक्त क्याम्पमा प्राप्त हुने सेवा तथा सुविधाहरु यस्ता छन्
सर्भिस चार्ज                                                  निःशुल्क
ब्याट्री तथा इलेक्ट्रिकल चेकअप                        निःशुल्क
फ्यूल इन्जेक्सन पम्प (FIP) चेकअप                 निःशुल्क
आँखा तथा साधारण स्वस्थ्य जाँच                     निःशुल्क
चालकहरुका लागि तालिम                               निःशुल्क
एचआइभी/एड्स जनचेतना तालिम                    निःशुल्क
म्याक लुब्रिकेन्टस् २०% छुट
टाटा जेन्यूइन स्पेयर पार्टसमा १०% छुट
उत्कृष्ट माइलेज अवार्ड
प्रत्येक दिन मोबाइल जित्ने अवसर ।
प्रत्येक गाडीलाई आकर्षक उपहार ।
नयाँ मोडेलका टाटा गाडीहरुको प्रर्दशनी, जानकारी र बम्पर उपहारमा ४० इन्च एलइडी टीभी जित्ने अवसर ।
सहभागी ग्राहकहरुका लागि खाजाको साथमा अन्य विविध मनोरन्जनका कार्यक्रमहरु ।