
काठमाडौं, मंसिर ७ । सरोकारवालाहरले नेपालमा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा उल्लेख्य कमी आउन नसकेको बताएका छन् ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ–संस्थाले मंगलबार राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले दुर्व्यवहारका घटनाबाट पीडित हुनेमध्ये ६० प्रतिशत १८ वर्षमुनिका रहेको जानकारी दिइएको हो ।
कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव विष्णुप्रसाद लम्साल, केन्द्रीय बालकल्याण समितिका निर्देशक तारक धिताललगायतले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा कमी ल्याउन कानुनी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्