Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सन्दीप खेल्छन्/खेल्दैनन् ?


0
Shares

काठमाडौं, चैत १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा मंगलबार राति सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससित खेल्दैछ ।

खेल नेपाली समयानुसार राति सवा ८ बजेदेखि दिल्लीमा हुँदैछ ।

दुवै टिमले पहिलो खेलमा जित हासिल गरेकाले दोस्रो जितको अभियानमा छन् ।

साविक विजेता चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई र दिल्लीले मुम्बई इन्डियन्सलाई हराएको थियो ।

यो खेलपछि एक टिमको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ ।

दिल्लीबाट सन्दीप लामिछाने यो खेलमा खेल्छन् कि खेल्दैनन् भन्ने चासोको विषय बनेको छ । पहिलो खेलमा भने सन्दीप खेल्न पाएका थिएनन् ।

गत संस्करणका अन्तिम तीन खेलमामात्र अवसर पाएका सन्दीपले योपटक सुरुदेखि नै खेल्ने अनुमान गरिएको थियो ।