
काठमाडौं, मंसिर ७ । रेडबुल फुटसल लिगअन्तर्गत् मंगलबार भएका खेलहरुमा ढुकु फुटसल हब र हरिसिद्धि फुटसल विजयी भएका छन् ।
राजधानीमा जारी प्रतियोगिताअन्तर्गत् समूह ‘ए’को खेलमा ढुकुले आदर्श फुटसललाई उसकै ‘फिल्ड’मा ८–२ ले हराएको होे ।
मंगलबारै भएको समूह ‘बी’को खेलमा हरिसिद्धि फुटसलले बिजी ब्रदर्शमाथि ७–३ को जित निकालेको छ ।
हरिसिद्धिको जितमा रिपु भुलोन एक्लैले ४ गोल गरे ।
प्रतिक्रिया दिनुहोस्