
काठमाडौं, मंसिर ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले रु एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार भट्टराईको चल–अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिन आएकाले मुद्दा दायर गरिएको हो ।
आयोगले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैधरुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको र त्यसको स्रोतसमेत स्पस्ट नभएकाले बिगोबमोजिम जरिवानासमेत असुलउपर गरी पाउँ भनी माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
भट्टराई डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्यसमेत हुन् । रासस
प्रतिक्रिया दिनुहोस्