१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


चीनमा भयानक गाडी दुर्घटना, १७ जनाको मृत्यु, ३७ घाइते (फोटोफिचर)


0
Shares

ताइयुआन (चीन), मंसिर ७ । चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारी–साधन एकैठाउँमा परेर भएको दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा अरु ३७ जना घाइते भएका छन् ।

सान्सी राज्यमा पर्ने सो ठाउँमा स्थानीय समयानुसार सोमबार बिहान ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएकाबेला सडकमा वर्षा र हिउँ परिरहेको थियो ।

दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्था स्थिर भएको स्थानीय अधिकरीहरुले मंगलबार जनाएका छन् ।

उद्धारका लागि घटनास्थलमा स्थानीय प्रहरी, अग्निनियन्त्रक, चिकित्सकलगायतका अधिकारीहरु खटिएका थिए ।

घटनाकाबारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस/सिन्ह्वा