Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


हिलेमा डिप बोरिङ खानेपानी योजना संचालन


0
Shares

धनकुटा, मंसिर ८ । बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका धनकुटाको हिलेवासीले आफ्नै प्रयासमा जमिनमुनीको पानीलाई डिप बोरिङ गरेर खानेपानी योजना सञ्चालनको तयारी गरेका छन् ।

हिलेबजार खानेपानी उपभोक्ता समितिको पहल र बजारबासीको लगानीमा डिप बोरिङ गरेर खानेपानी योजना सञ्चालन गर्न लागिएको हो । १८ सय ५० मिटरको उचाईमा रहेको हिलेबजारमा खानेपानीको लागि उपयक्त मुहान फेला नपरेपछि विकल्प स्वरुप डिप बोरिङ प्रविधिमार्फत खानेपानी योजना सञ्चालन गर्न लागिएको हो ।

एक हप्ता यता काठमाडौंको एसियन ड्रिलिङ कम्पनीका प्राविधिकले जमिन मुनीको पानीलाई बाहिर निकाल्न सफल भएका छन् । दुई सय मिटर तलसम्म ड्रिलिङ गर्नुपर्ने स्टिमेट रहे पनि १ सय आठ मिटर ड्रिलिङ गरेपछि पर्याप्त पानी निस्किएको प्राविधिकले बताएका छन् ।

खानेपानी योजनाका लागि ४० लाखभन्दा बढी खर्च लाग्ने अनुमान छ । हिलेमा हाल विभिन्न आठवटा मुहानको पानी संकलन गरेर खानेपानी योजना सञ्चालन गरिए पनि सुख्खायाममा पानीको हाहाकार हुने गरेको छ ।