Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मन्दिरबाट संकलित भेटी सदुपयोग गर्दै भौतिक पूर्वाधार निर्माण


0
Shares

म्याग्दी, मंसिर ८ । धार्मिक र सार्वजनिक ठाउँमा चढाएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न सकिए त्यसबाट करोडौं रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल यता ६ वर्षमा भक्तजनले चढाएको भेटी, महायज्ञबाट संकलन भएको दान र तीर्थयात्रीले दिएको दानबाट ८ करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरिएको छ । दानबाट गलेश्वरमा धर्मशाला निर्माण, बाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन् ।

९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । गलेश्वरलाई नेपालमा एकपटक घुम्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रूपमा प्रचारप्रसारको तयारी समेत भइरहेको छ ।