
ताप्लेजुङ, मंसिर ८ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै गएका छन् ।
चिसोसँगै हिमपात र तुसारो पर्न सुरु भएपछि ओलाङ्चुङगोला, पापुङ, लेलेपलगायतका हिमाली बस्तीका बासिन्दा तल्लो क्षेत्रमा झर्न सुरु गरेका हुन् । चिसो बढेपछि ती क्षेत्रका बस्ती सुनसान हुुने गर्दछन् ।
पुस र माघ महिनामा ती क्षेत्रका विद्यालय बन्द गर्ने गरिए पनि यो वर्ष छिट्टै जाडो सुरु भएको स्थानीय बताउँछन् । जाडो बढेसँगै हिमाली क्षेत्रका बासिन्दा तल्लो क्षेत्रमा झर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्