पोखरा, मंसिर ८ । पोखरामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ ।
पोखराको विजयपुरमा मापदण्ड विपरित बनेका घरटहरासहित होर्डिङ बोर्डसमेत हटाइएको छ । पोखरा उपमहानगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत विजयपुर खोला आसपास बनेका घर टहरा भत्काएको हो ।
पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगरविकास समिति, विभिन्न राजनीतिक दलका प्रतिनिधि र प्रहरीको सक्रियतामा मापदण्ड मिचेर बनाइएका संरचना हटाइएको हो ।
पहिलो चरणमा विजयपुर खोलादेखि पृथ्वी चोकसम्म सडकको दायाँबायाँ रहेका अतिक्रमित घरटहरा तथा होर्डिङ बोर्ड हटाइने पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले जानकारी दिए ।
यसैबीच बसपार्क निर्माणका लागि खाली गरिएको जग्गामा बनेका घरटहरासमेत हटाउने तयारी भइरहेकोे पोखरा उपत्यका नगर विकास समितिले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्