पाल्पा, मंसिर ९ । पाल्पाको विकट जुठापौवामा विद्युत् सेवा विस्तार भएको छ । जुठापौवा गाविसको वडा नं. ६ र ७ का १७३ घरमा विद्युत् सेवा विस्तार गरिएको हो ।
गाउँमा विद्युत् सेवा उपलब्ध भएसँगै स्थानीय हर्षित भएका छन् । विद्युत् सेवा उपलब्ध भएपछि गुहारथाना माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३ सय ५० विद्यार्थीलेसमेत अब कम्प्युटर शिक्षा लिन पाउने भएका छन् ।
निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रमको १४ लाख ७६ हजार, स्थानीयबासीको प्रत्येक घरबाट २७ दिनको श्रमदान र विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत् विस्तार भएको हो ।





प्रतिक्रिया दिनुहोस्