
रसुवा, मंसिर ९ । खुला दिशामुक्त जिल्ला बनाउने अभियानअन्तर्गत रसुवामा शौचालय निर्माणको कामले तीव्रता पाएको छ ।
सन् २०१६ सम्ममा खुल्ला दिसामुक्त गर्ने अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा शौचालय निर्माण गर्न थालिएको हो । भूकम्पपछि स्थानीय आवास निर्माणले गति नलिए पनि जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले सहयोग पुर्याएसँगै यो अभियानले तीब्रता पाएको हो ।
हालसम्म रसुवाको टिमुरे, बृद्धिम, धुन्चे, यार्सा, गोल्जुङ, डाँडागाउँ गाविस खुल्ला दिसामुक्त भइसकेका छन् भने १२ वटा गाविसमा शौचालय निर्माण अभियान तीब्र पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्