१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


एमनेस्टीको दाबीप्रति नाइजेरियाली सेनाको आपत्ति


0
Shares

नाइजेरिया, मंसिर ९ । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नाइजरियामा सन् २०१५ पछि भएको प्रदर्शनका क्रममा सेनाले गरेको कारबाहीमा १ सय ५० जना प्रदर्शनकारीको मृत्यु भएको दाबी गरेको छ ।

एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा शान्तिपूर्ण प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको उल्लेख छ । बियफ्रा नामक समूहले नाइजेरियाबाट स्वतन्त्रताको माग गर्दै गत अगस्टदेखि थालेको प्रदर्शनका क्रममा सेनाले गोला बारुद प्रयोग गरेको दाबी एमनेस्टीको छ ।

तथ्यांक सार्वजनिक गर्नुपूर्व सो संस्थाले २ सय जना सर्वसाधारणसँग जानकारी लिएको थियो । त्यसैगरी एमनेस्टीले एक सयभन्दा बढी फोटो र ८७ वटा भिडियोको अध्ययन गरी तथ्यांक तयार पारेको जनाएको छ ।

यद्यपी एमनेस्टीको प्रतिवेदनप्रति सेनाले आपत्ति जनाएको छ । सेनाले शान्तिपूर्ण प्रदर्शन दबाउन कुनै बल प्रयोग नगरेको दाबी गरेको छ । (एजेन्सी)