
वासिंटन, मंसिर ९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालका लागि दुईजना महिलालाई उच्च पदमा नियुक्त गरेका छन् ।
उनले दक्षिण क्यारोलिनाकी गभर्नर निक्की हेलीलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका छन् । यसैगरी बेट्सी डिभोसलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएका छन् ।
यी दुवै महिला अमेरिकी राष्ट्रपति चुनावका क्रममा ट्रम्पका कट्टर आलोचक थिए । महिलाका बारेमा तथानाम अभिव्यक्ति दिएको भन्दै यी दुवै महिलाले ट्रम्पको आलोचना गरेका थिए ।
यसैैबीच ट्रम्पले निक्की हेली एक सक्षम महिला भएको प्रतिक्रिया दिँदै हरेक समस्याको समाधान गर्ने क्षमता रहेकाले सो पदमा नियुक्त गरेको प्रतिक्रिया दिएका छन् ।
यसैगरी बेट्सी डिभोस पनि सक्षम महिला भएकाले उनको सहयोग आफ्नो कार्यकालमा निकै नै महत्वपूर्ण रहने ट्रम्पको भनाइ छ ।
यसैबीच अमेरिकी महिलाहरुले ट्रम्पको यो कदमको स्वागत गरेका छन् । ट्रम्पले चुनावी अभियानका क्रममा महिलाका बारेका दिएको अभिव्यक्ति भ्रामक भएको भन्दै ट्रम्पको प्रशंसा गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्