१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु


0
Shares

बेइजिङ, मंसिर ९ । चीनमा एक उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।

जियान्शी प्रान्तको उर्जा उत्पादन केन्द्रमा भएको दुर्घटनामा ४० जनाको मृत्यु भएको र अरु केही घाइते तथा केही त्यहीँ फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो ।

पूर्वी चीनको एक निर्माणाधीन उर्जा उत्पादन केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएको थियो । दुर्घटनामा घाइते भएकालाई अस्पताल लगिएको छ ।

दुर्घटनामा फसेकाहरुको उद्धारका लागि दमकलसहित सेना खटिएको छ । दुर्घटना भएका बेला त्यहाँ ६८ जना कामदार रहेको जनाइएको छ । (एजेन्सी)