Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेस नेता सिटौला ‘डिस्चार्ज’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धुम्बराहीस्थित ह्याम्स अस्पतालले उनलाई मंगलबार बिहान डिस्चार्ज गरेको हो ।

स्वास्थयमा देखिएको समस्या उपचार पश्चात निको भएपछि नेता सिटौलालाई अस्पतालले घर फिर्ता पठाएको हो ।

रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि नेता सिटौलालाई गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसियूमा राखेर उपचार गरिएकोे थियो ।

नेता सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरुले गत आइतबार उनी उपचारत अस्पतालमै रक्तदान गरेका थिए ।