
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ सिल्डुङमा ग्यास सिलिण्डर विष्फोटमा परी मृत्यु भएकाहरुको शव संकलन गरी अहिले बाह्रबिसे ल्याईंदै छ ।
हिजो साँझ ग्यास सिलिण्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको थियो ।
उनीहरुको शव क्षत बिक्षत अवस्थामा रहेको र घटनास्थल टाढा परेको कारण शवलाई आज मात्र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि शव आफन्तलाई बुझाइने बताइएको छ ।
मृत्यु हुनेमा शिवश्री हाइड्रोपावर सीआरसीका ठेकेदार गोपाल शेर्पा, साइड इन्र्चाज दोलखाका भाइकाजी शेर्पा, स्टोर किपर हुम्लाका सन्दुक लामा र सिन्धुपाल्चोकका वेल्डिङ मिस्त्री एके थापा मगर रहेका छन् । शव क्षत बिक्षत अवस्थामा रहेका छन् ।
मृतक सबै अपर चाकु जलबिद्युत आयोजनाका कामदार हुन् । कामदारहरु बसेको ठाउँको स्टोरमा रहेको सिल्लिण्डर पड्कीएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्