१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


आइएसले गराएको ट्रक बम विस्फोटमा ७७ जनाको मृत्यु


0
Shares

बग्दाद, मंसिर १० । ईराकको हिल्ला शहरस्थित एक पेट्रोल स्टेशन नजिक आईएसले गराएको ट्रक बम विष्फोटमा ७७ जनाको ज्यान गएको छ ।

राजधानी बग्दादबाट झन्डै एक सय किलोमिटर दक्षिणमा पर्ने उक्त शहरमा आईएस विद्रोहीले ट्रक बम विष्फोट गराएका हुन् । विष्फोटमा परी मृत्यु हुने अधिकांश ईरान र अफगानिस्तानबाट आएका शिया धर्मावलम्बी रहेको अधिकारीहरुले जनाएका छन् ।

शिया धर्माबलम्बीको पवित्र तिर्थस्थल कार्बालाबाट तिर्थयात्री बोकेर फर्किदै गरेको बस हिल्ला शहरको रेष्टुरेन्ट र पेट्रोल स्टेसन बाहिर रोकेपछि ट्रक बम विस्फोट गराइएको हो । विष्फोटमा परी ४० भन्दा बढी घाईते भएका छन् ।