
आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने भएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ ।
मध्य र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार बुधबार देशको पूर्वी क्षेत्र र अरु पहाडी भूभागमा आंशिक बदली हुने तथा बाँकी भागको मौसम सामान्यतया सफा रहने छ ।
पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित फाट्टफुट्ट पानी पर्ने सम्भावनो छ । बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्