२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


चालकलाई कुटपिट गरेको विरोधमा पृथ्वी राजमार्ग तनावग्रस्त


0
Shares

तनहुँ, मंसिर १० । तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले कुटपिट गरेको भन्दै यातायात व्यवसायीहरुले दुई घण्टादेखि पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका छन् ।

गुरुङ्गले पृथ्वी राजमार्ग समिति अन्तर्गतको ना ५ ख ४७२३ नम्बरको बस चालक सुवास कार्कीलाई कुटपिट गरेको भन्दै उनीहरुले राजमार्गको दमौली खण्ड अवरुद्ध पारेका हुन् ।

सामान्य गल्तीलाई लिएर चालक कार्कीलाई स्टेरिङवाट निकाली गुरुङ्गले कुटपिट गरेको सवारी चालकहरुको आरोप छ । यातायात बन्दका कारण यात्रुहरु समस्यामा परेका छन् ।