२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


हुम्लामा हिमपात, एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असहज


0
Shares

हुम्ला । हुम्लामा हिमपात हुँदा एसईई परीक्षा दिनलागेका विद्यार्थी मारमा परेका छन् ।

हिमपातसँगै बढेको चिसोले विद्यार्थीहरुलाई लेख्न असहज भएको छ । न्यानो परीक्षा कोठा नहुँदा विद्यार्थीहरु जाडोले कठ्याङ्ग्रीएका छन् ।

जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो ।

हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए ।

हुम्लामा हिजो दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ । जिल्लाको बेँसीतिर भने पानी परिरहेको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस वर्षको एसईईमा हुम्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा सहभागी छन् ।