काठमाडौं, मंसिर १० । १४ औं हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपाल हस्तकला महासंघले आयोजना गरेको प्रदर्शनीको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।
महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको उत्पादनसँगै यसको गुणस्तरीयता समेत बढाउन सकेमा देशको आर्थिक, सामाजिक विकास छिटो हुने बताए ।
उनले यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण तथा निकासीकर्ताहरुलाई सरकारले सुविधा प्रदान गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।
गत आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्री निकासी भएको तथ्याङ्क उनले प्रस्तुत गरे ।
साथै हस्तकला क्षेत्रले १२ लाखलाई रोजगारी दिएको उनले बताए । मंसिर १४ गतेसम्म चल्ने मेलामा हस्तकलाका विभिन्न सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । मेलामा हस्तकला सम्बन्धी प्रतियोगिताको पनि आयोजना गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्