
नवीनराज कुइँकेल
लमजुङ, चैत १२ । गएराति लमजुङ सदरमुकाम बेंसीसहरको मध्य भागमा रहेको दुई पसलमा आगलागी भएको छ ।
विद्युत सर्ट भइ राति १२ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेंसीसहर–७ स्थित उत्तरबहादुर परियारको कपडा पसल र रिपेश थापाको कम्युटर मर्मत तथा ईन्स्टिच्युट नष्ट भएको छ ।
प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले आगो निभाएका थिए । दुईवटा पसल जले पनि अन्य घरमा आगो सल्किन जोगाएको प्रहरीले बताएको छ । आगलागीबाट कपडा पसलमा ३० लाख र कम्प्युटर पसलमा २० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी यादव ढकालले जानकारी दिए । प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्