काठमाडौं । नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन् ।
विप्लवले जारी गरेको विज्ञप्तीमा चैत्रभित्र प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।
पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि विप्लव समूहले यस्तो चेतावनी दिएको हो ।
सरकारी प्रतिबन्धको विरोधमा विप्लव समूहले विभिन्न आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।









प्रतिक्रिया दिनुहोस्