२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


यूरोपेली संघलाई टर्कीले दियो चेतावनी


0
Shares

टर्की, मंसिर ११ । टर्कीले आफूमाथि यूरोपेली संघले अनावश्यक दबाब दिइरहेमा हजारौं आप्रवासीलाई यूरोप प्रवेश गर्न आफ्नो देशको ढोका खोलिदिने चेतावनी दिएको छ ।

यूरोपीय संघमा आफ्नो देशको सदस्यताबारे छलफलमा प्रतिबन्ध लगाइएकोमा आक्रोशित टर्कीस राष्ट्रपति रेचेप तैयप अर्दोआनले टर्कीसँग गरेको सम्झौता पालना नगरिए शरणार्थीलाई यूरोप छिराइदिने बताएका हुन् ।

टर्कीलाई मद्दत गर्ने, टर्कीबासीलाई यूरोपमा भ्रमण गर्न भीसा नलाग्ने र यूरोपीय संघको सदस्यता दिलाउने जस्ता विषयमा गत मार्चमा गरिएको सम्झौतामा कार्यान्वयन नगरिएको भन्दै अर्दोगान आक्रोशित बनेका हुन् ।

अफ्रिका र मध्यपूर्वमा गृहयुद्धमा फसेर यूरोपमा शरणका लागि जाने आप्रवासीहरुलाई यूरोप प्रवेशको मूख्य द्वार मानिएको टर्कीबाटै रोक्न मार्चमा इयू र टर्कीबीच उक्त सम्झौता गरिएको थियो । टर्कीमा मात्र अहिले ३० लाखभन्दा बढी प्रवासी शरण लिइरहेका छन् । जसमा बढीभन्दा बढी सिरियाका नागरिक रहेका छन् । उनीहरु मौका मिल्ना साथ यूरोप छिर्ने दाउमा छन् ।

गएको वर्ष मात्र करीब दश लाख आप्रवासी टर्कीकै बाटो भएर यूरोप छिरेका थिए । (एजेन्सी)