दाङ, मंसिर ११ । दाङमा त्रिपुर नगरपालिकाले उद्योग बाणिज्य संघसँग सहकार्य गरी नारायणपुर बजारनजिक निर्माण थालेको बसपार्क अलपत्र परेको छ ।
व्यक्तिको निजी दश कठ्ठा जग्गा ६ वर्षका लागि मासिक दुई हजार प्रतिकठ्ठा भाडा तिर्ने गरि लिजमा लिएर नगरपालिकाको लगानीमा गत वर्षदेखि निर्माण सुरु गरिएको थियो । गत वर्ष नै निर्माण सकाउने भनिए पनि अझै प्रयोगमा आउन नसकेको हो ।
नगरपालिकाले गत वर्ष ६ लाख खर्चेर यात्रु प्रतिक्षालय, टिकट काउण्टर, शौचालय र गाडी पार्किङ्ग स्थलमा ग्राभेल गरिसकेको छ । नारायणपुर उद्योग वाणिज्य संघको अगुवाईमा काम गरिए पनि खोलाबाट गिट्टी बालुवा निकाल्न नपाउँदा ढिलो भएको संघले जनाएको छ ।
त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापामगरले अधुरो काम तत्काल सकाएर सेवा दिने काम थाल्न उद्योग बाणिज्य संघलाई भनिसकिएको बताए ।





प्रतिक्रिया दिनुहोस्