धादिङ, मंसिर ११ । दक्षिणी धादिङ महादेवस्थानका बासिन्दा भूकम्पले ध्वस्त भएको लघु जलविद्युत केन्द्र मर्मत गरी फेरि सञ्चालनमा आएपछि खुशी भएका छन् ।
पाँच वर्षअघि वैकल्पिक उर्जामार्फत बनाइएको मलेखु खोला जलविद्युत आयोजना गत वर्षको भूकम्पले गर्दा काम नगर्ने भएको थियो । यूनाईटेड मिसन टु नेपालको सहयोगमा प्रयास नेपाल नामक स्थानीय गैर सरकारी संस्थाले ११ लाखमा भूकम्पले भत्किएका संरचना बनाइएको हो ।
२६ किलोवाटको मलेखु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ३ सय ३५ घर धुरीले प्रयोग गर्दछन् । दैनिक २२ घण्टा विद्युत्त सञ्चालन हुन्छ ।
प्रतियुनिट ७ रुपैयाँको दरले रकम लिने गर्दा आयोजना मर्मत र कर्मचारीलाई तलब पु¥याएर केही रकम बचतसम्म गर्न भ्याएको आयोजना संचालन गर्ने स्थानीयहरुको भनाइ छ ।
अहिले घरायसी काममा बाहेक पोल्टीफर्म, फर्निचर, मिलजस्ता उद्योगहरु संचालनमा समेत सहज भएको छ ।





प्रतिक्रिया दिनुहोस्