नेपालगन्ज, मंसिर ११ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा संकट एक वर्षभित्र समाधान हुने दाबी गरेका छन् ।
प्रेस सेन्टर बाँकेद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्फ सरकारले गृहकार्य थालेको जानकारी पनि दिए ।
‘तत्कालको विद्युतभार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको छ’, उनले भने ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री शर्माले संविधान संशोधन भएन भने निर्वाचन नहुने र त्यसो भयो भने हामी संविधानको कार्यान्वयन गर्न असफल हुने जिकिर गरे । मुलुकमा राजनीतिक सङ्कट आउन नदिनका लागि पनि संविधान संशोधन गरेर कार्यान्वयनमा अघि बढ्नु पर्ने उनले बताए । (रासस)





प्रतिक्रिया दिनुहोस्