१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध विशाल प्रदर्शन


0
Shares

काठमाडौं, मंसिर ११ । दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति पार्क गियुन हेइको राजीनामा माग गर्दैै अहिलेसम्म कै विशाल प्रदर्शन भएको छ ।

दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति पार्कको राजीनामाको नारा लगाउँदै सडकमा उत्रिएका हुन् । आयोजकहरुले प्रदर्शनमा ८ लाखको सहभागिता रहेको दाबी गरेका छन् ।

सुरक्षाका लागि २५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपतिले पर्दा पछाडिबाट आफ्नो साथी चोइ सुना सीललाई सत्ताको दूरुपयोग गर्न अनुमति दिएको आरोप प्रदर्शनकारीहरुको छ ।

राष्ट्रपति पार्कले राष्ट्रिय टेलिभिजन मार्फत दुई पटक माफी मागे पनि राजीनामा दिन भने अस्वीकार गर्दै आएका छन् ।

दक्षिण कोरियामा सन् १९८० को दशकमा प्रजातन्त्र समर्थीतहरुको प्रदर्शन यता पार्क विरुद्धको पांच हप्तादेखीको प्रदर्शन व्यापक बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)