२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


फिडेल क्यास्ट्रो यसरी बने विश्व चर्चित, यस्तो छ उनको जिवनी


0
Shares

काठमाडौं, मंसिर ११ । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ मा एउटा सम्पन्न, जमिनदार परिवारमा भएको थियो । बहुसंख्यक जनताको विपन्नता देखेर उनले क्रान्तिकारी बनेको बताइन्छ ।

उनले देशको भ्रष्टाचार, असमानता र पछौटेपनाकालागि तत्कालीन बाटिस्ट शासनलाई जिम्मेवार ठहराउँदै उक्त सत्तालाई हटाइ छाडने अठोट गर्नु भइ क्रान्तिमा होमिएका थिए ।

सियरा मिस्ट्रा पहाडमा आधार क्षेत्र बनाएका क्यास्ट्रो र उनका सहयोगीहरुले छापामार आन्दोलन सुरु गरेका थिए ।

समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका कास्ट्रोलाई अमेरिकाले सुरुदेखि नै रुचाएन । अमेरिकी राष्ट्रपति आइजन हावरले क्यास्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप समेत लगाएका थिए ।

१९६१ को अप्रिलमा अमेरिकाले निर्वासनमा रहेका क्युबालीहरुको निजी सेना बनाएर कास्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोज्यो ।

अमेरिकी गुप्तचर संस्था सिआइएले पटक पटक कास्ट्रोको हत्या गर्ने प्रयास गरेपनि त्यो सफल भएन ।

रुससंग निकट सम्पर्क रहेका कास्ट्रोले असंलग्न मुलुकहरुको आन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको मानिन्छ ।

संसारमा सबैभन्दा लामो समय सत्तामा रहेका फिडेल कास्ट्रोको शासनकालमा क्युबामा सबै जनताकालागि गुणस्तरीय चिकित्सा सेवा निशुल्क रुपमा उपलब्ध थियो ।

त्यहाँ बाल मृत्युदर पनि उल्लेख्य रुपमा घट्यो । ८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा फिडेल कास्ट्रोले आफ्ना भाइ राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए ।

२००८ मा क्यास्ट्रोले राष्ट्रपति र सेनाको कमाण्डर इन चिफको जिम्मेवारी नलिने घोषणा गरेका थिए । अमेरिकाले पटक पटक सत्ताबाट हटाउन चाहेपनि उनले दशवटा अमेरिकी राष्ट्रपतिहरु कार्यकाल पूरा भएको देखेका थिए ।

उनी क्यान्सर पीडित भएको कुरा मानिए पनि क्युबाले औपचारिक रुपमा उनलाई लागेको रोगका बारेमा केही खुलाएको छैन । (एजेन्सी)